Rule 8
सर्वेक्षण अनुमतिपत्र दिने
(१) नियम ४, ५ वा ६ बमोजिम परेका दरखास्तमध्ये देहायका परियोजना सम्बन्धी दरखास्तको हकमा महानिर्देशकले नियम ७ बमोजिम आवश्यक जाँचबुझ गरी अनुमतिपत्र दिन मनासिब देखेमा दरखास्तवालाको माग अनुसार वा आवश्यक भए संशोधन समेत गरी विद्युतको उत्पादन, प्रसारण वा वितरणको सर्वेक्षण अनुमतिपत्र दिनु पर्नेछ ः–
(क) जलाशययुक्त वा बहुउद्देश्यीय बाहेकका एक सय मेगावटसम्मका जलविद्युत उत्पादन,
(ख) सौर्य शक्ति, वायु शक्ति, बायोमास र फोहोरबाट गरिने विद्युत उत्पादन,
(ग) विद्युत प्रसारण,
(घ) विद्युत वितरण ।
(२) नियम ४ बमोजिम परेका दरखास्तमध्ये उपनियम (१) को खण्ड (क) र (ख) मा उल्लिखित परियोजना सम्बन्धी दरखास्त बाहेक अन्य दरखास्तको हकमा महानिर्देकशले नियम ७ बमोजिम जाँचबुझ गरी सिफारिस सहित सचिव समक्ष पेश गर्नु पर्नेछ ।
(३) सचिवले उपनियम (२) बमोजिम पेश भएका परियोजना सम्बन्धमा विद्युतको सर्वेक्षण अनमतिपत्र दिन मनासिब देखेमा दरखास्तवालाको माग अनुसार वा आवश्यक भए संशोधन समेत गरी अनुमतिपत्र दिनु पर्नेछ ।
(४) उपनियम (१) र (३) बमोजिम दिइने विद्युतको उत्पादन, प्रसारण वा वितरणको सर्वेक्षण अनुमतिपत्रको ढाँचा क्रमशः
अनुसूची–५(क), अनुसूची–५(ख) र अनुसूची–५(ग) बमोजिम हुनेछ ।